जन चाहानाविपरित कोही र कुनै पार्टी जान सक्दैन : प्रचण्ड

आइतबार, २० फागुन २०७४, १५ : १५
जन चाहानाविपरित कोही र कुनै पार्टी जान सक्दैन : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको चाहानाविपरित कोही र कुनै पार्टी जान नसक्ने बताएका छन् ।
आइतबार ललितपुरमा माओवादी नेता एवं राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माद्धारा लिखित ‘बाह्रखरीको बोटमुनि’ निवन्ध संग्रहको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले चाहेकै कारण एमाले र माओवादीबीच एकता सम्भव भएको बताए ।

‘जनताले नचाहेको भए दुई पार्टीको एकता सम्भव थिएन, यो जनताले चाहेरै सम्भव भएको हो । यो कम्युनिष्ट पार्टीको मात्रै पनि एकता होइन, देशकै र सम्बृद्धिको सपनाको पनि एकता हो’ पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने । उनले एमाले अ्रध्यक्ष केपी ओली र आफु १४/१४ बर्ष जेल र बनबास बसेको भन्दै यस्ता नेताको भेटपछि एकता सम्भव भएको बताए ।

फरक प्रशंगमा अध्यक्ष प्रचण्डले आफु सक्रिय राजनीतिमा लागेकाले साहित्यलाई समय दिन नसकेको गुनासो गरे । ‘म पनि साहित्यमा रुची राख्ने मान्छे हुँ, तर सक्रिय राजनीतिमा समय दिनुपर्दा समय दिन सकिँन,सकेको छैन’ प्रचण्डले भने, साझा प्रकाशन बचाउन मेरो प्रयास कायमै रहन्छ ।’
शर्माको उक्त पुस्तक साझा प्रकाशनले प्रकाशित गरेको हो । कार्यक्रममा उषा ठाकुर, संस्कृतिविद् सत्यमोहन जोशी लगायतले पुस्तकबारे प्रकाश पारेका थिए । 

प्रतिक्रिया दिनुहोस