अमेरिका । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुगेका छन्।
प्रधानमन्त्री ओलीलाई जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली काबा महावाणिज्यदूत चक्र सुवेदी तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ ।
प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन् । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि हुनेछ ।
प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन्। यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हवार्ड विश्वविद्याललयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ असोज २०८१, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका
यस्तो छ संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
संविधानले सबै विचारलाई संरक्षण गरेको छ : प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता हुनुपर्छ : प्रधानमन्त्री ओली