एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली नेशनल पार्कमा ५४.४ डिग्री सेन्टिग्रेट (१३० डिग्री फेरनहाइट) तापक्रम मापन गरिएको छ । यसलाई पृथ्वीमा मापन गरिएको अहिलेसम्मकै उच्च तापक्रम भनिएको छ ।
अमेरिकाको नेशनल वेदर सर्भिसले यो तथ्यांकलाई पुनःमूल्यांकन गरिरहेको छ । अमेरिकाको पश्चिम तटिय क्षेत्रमा तातो हावाको बहावसँगै त्यहाँको तापक्रममा वृद्धि भएको हो । यो क्रम यस हप्ता जारी हुने बताइएको छ ।
आइतबार उक्त तापक्रम डेथ भ्यालीको फर्नेस क्रिकमा मापन गरिएको थियो । यसअघि विश्वमा सबैभन्दा बढी मापन गरिएको तापक्रम ५४ डिग्री सेल्सिय (१२९.२ डिग्री फेरनहाइट) थियो । यो पनि डेट भ्यालीमा सन् २०१३ मा मापन गरिएको थियो ।
एक शताब्दीअघि डेथ भ्यालीमा नै १३४ डिग्री फेरनहाइट (५६.६ डिग्री सेल्सियस) मापन गरिएको दाबी गरिए पनि त्यो विवादमा रहेको छ ।
त्यस्तै, ट्युनिसयामा सन् १९१३ मा मापन गरिएको १३१ डिग्री फेरनहाइन (५५ डिग्री सेल्सियस) लाई पनि मान्यता दिइएको छ । उक्त तथ्यांक संकलनमा गल्ती भएको वैज्ञानिकहरुको भनाइ छ । (बीबीसी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ भदौ २०७७, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी
अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्याउने
दर्ताबिना ३० दिन बढी अमेरिका बसे जेल र देश निकालासम्मको सजाय
ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक