प्रहरीको खोजी सूचीमा रहेका नवराज सिलवाल संसद भवनमा

शनिबार, १९ फागुन २०७४, १४ : ५०
प्रहरीको खोजी सूचीमा रहेका नवराज सिलवाल संसद भवनमा

एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन नवराज सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि उनी फरार रहँदै आएका छन् भने प्रहरीले खोजी गरिरहेको बताएको छ । सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो ।पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन् । एमाले अध्यक्ष एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षणमुलक मन्तव्य दिने छन् ।

प्रतिक्रिया दिनुहोस