वाम सांसदहरूलाई प्रशिक्षण दिन सांसदहरुको संयुक्त बैठक शुरु

शनिबार, १९ फागुन २०७४, १२ : ०८
वाम सांसदहरूलाई  प्रशिक्षण दिन सांसदहरुको संयुक्त बैठक शुरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम सांसदहरूलाई संयुक्त प्रशिक्षण दिन सांसदहरुकोको संयुक्त बैठक शुरु भएको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उनीहरुको संयुक्त बैठक तथा प्रशिक्षण आयोजना गरिएको हो । एमाले र माओवादी केन्द्रका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई पार्टीको वैचारिक लाइनसँगै संसद्को प्राविधिक पक्षका प्रशिक्षण दिने तयारी छ ।

प्रतिनिधिसभामा एमालेका १ सय २१ जना, राष्ट्रिय सभामा २७ जना सदस्य छन् । यस्तै, माओवादी केन्द्रका प्रतिनिधिसभामा ५३ जना र राष्ट्रिय सभामा १३ सदस्य छन् ।

विशेष गरी नयाँ सांसदप्रति लक्षित गरि प्रशिक्षण दिने तयारी गरेको हो । संसद्मा कसरी प्रस्तुत हुने, शून्य समयमा के गर्ने, बैठकमा एजेन्डाहरू कसरी प्रस्तुत गर्नेलगायत प्राविधिक विषयमा प्रशिक्षण दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस