स्वेच्छिक अवकाश लिन आवेदन

शनिबार, १९ फागुन २०७४, ११ : ५१
स्वेच्छिक अवकाश लिन आवेदन

रसुवा ।  जिल्लाका २७ कर्मचारीले स्वेच्छिक अवकाश लिन आवेदन दिएका छन् । प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार स्वेच्छिक अवकाश लिन आवेदन दिएका कर्मचारीमा राजपत्राङ्कित तृतीय श्रेणीका चार तथा राजपत्र अनाङ्कित प्रथम तहका दुई, द्वितीय तहका दुई एवं तृतीय श्रेणीका एक र श्रेणीविहीन १८ जना छन् । आवेदन दिनेमा भन्सार, जिल्ला प्रशासन, कृषि, पशुसेवा, हुलाक, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, शिक्षा, स्वास्थ्य, खानेपानी र सिंचाइ कार्यालयअन्तर्गतका कर्मचारी रहेको बताइएको छ । जिल्लामा कार्यरत कर्मचारी करीव २०० जना छन् ।(रासस)

 

प्रतिक्रिया दिनुहोस