वीरगन्ज । नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले काम गर्ने वातावरण नभएको भन्दै सांकेतिक राजीनामा दिएका छन् । उनीहरुले कोरोना कहरमा काम गर्ने वातावरण नभएको भन्दै आफ्नो रोष प्रकट गर्न सामूहिक रुपमा नै ुसांकेतिक राजीनामाु दिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।
७ वटा अस्पताल चहार्दाचहार्दै पनि उपचार नपाएर मृत्यु भएकी वीरगन्ज महानगरपालिका–२ छपकैया निवासी विष्णु लामाका आफन्त र स्थानीयले गत आइतबार विरोध प्रदर्शन गरेपछि स्वास्थ्यकर्मी एवं कर्मचारी रुष्ट बनेका छन् । प्रदर्शनकारीले नारायणी अस्पताल परिसरमा रहेको कोरोना बुथ र एकजना चिकित्सकको निजी कारमा तोडफोड गरेका थिए ।
तोडफोडमा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो ६ दिनयता वीरगन्जमा उपचार नपाएर ४ जनाको मृत्यु भएको छ । त्यही दिन साँझ चिकित्सक र स्वास्थ्यकर्मीले मेसुलाई काम गर्न सक्ने अवस्था नभएको भन्दै राजीनामा बुझाएका थिए ।
मेसुले उक्त राजीनामा साउन २५ गते नै प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । मेसु उपाध्यायले सुरक्षा व्यवस्था कडा पार्नका लागि सांकेतिक राजीनामा दिएको बताए । उनले राजिनामा दिएपछि स्वास्थ्यकर्मी एवं कर्मचारीहरु काममै रहेको पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता