कोरोना संक्रमणबाट वीरगन्जमा थप एक महिलाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १० : ३८
कोरोना संक्रमणबाट वीरगन्जमा थप एक महिलाको मृत्यु

वीरगञ्ज । महानगर वीरगन्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षकी महिला रहेकी छिन् । 

उपचारको क्रममा मृत्यु भएको भए पश्चात् गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन कुमार उपाध्यायले जानकारी दिए ।

शनिबार स्वास्थ्यप्रश्वासमा समस्या देखिपछि परिवारले ती महिलालाई निजी अस्पतालमा भर्ना गरेका थिए । स्वास्थ्यमा सुधार नआएपछि शनिबार नै कोरोना अस्पताल लगिएको थियो ।

चिकित्सकका अनुसार ती महिला हाइपरटेन्सन र हाइपर थाइराइडको रोगी थिइन् । साउनयता पर्सामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस