चितवनका दुई जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १७ : ३६
चितवनका दुई जनामा कोरोना संक्रमण

चितवन । चितवनका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा १३१ नमुनामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१ का दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ४६ वर्षीय पुरुष र ३८ वर्षीय महिला रहेका छन् । 

प्रयोगशालामा पर्साको वीरगञ्जका एक जना र सर्लाहीका लालबन्दी–११ का अर्का जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस