कोरोनाबाट बच्न विशेषज्ञहरुले दिएका सुत्र

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, १६ : ४३
कोरोनाबाट बच्न विशेषज्ञहरुले दिएका सुत्र

काठमाडौं। कोरोना भाइरसको हालसम्म औषधि बनेको छैन । विश्वका धेरै देशहरु कोरोना भाइरसको औषधि निर्माणमा जुटिरहेका छन्, तर हालसम्म औषधि बनिसकेको छैन । विशेषज्ञहरुले कोरोनाबाट जोगिन केही सुत्रहरु अपनाउन सुझाव दिएका छन् । 

घरबाहिर निस्कँदा मास्कको प्रयोग लगाउनुपर्छ भन्ने विषय अब नौलो भएन । जोकोहीले पनि मास्कको प्रयोग गरिरहेको सजिलै देखिन्छ । साबुनपानीले हात धुनुपर्छ अथवा ह्यान्डस्यानिटाइजरको प्रयोग गर्नुपर्छ भन्ने तथ्य पनि अब कसैले बताइरहनु पर्दैन। 

यसबाहेक विशेषज्ञहरुले कोरोनाबाट बच्नको लागि तातो पानीलाई पनि उत्तिकै महत्वपूर्ण मानेका छन्। तातो पानीले भित्र छिरेका भाइरसलाई मार्न सहयोग गर्नेछ । विशेषज्ञहरुले तातोपानीलाई अनिवार्य पिउन भनेका छन् । यात्राको क्रममा होस्, या घर बाहिर कार्यालयमा होस्, जतिबेला पनि तातोपानी पिउन विशेषज्ञहरुले सुझाव दिएका छन् । 

दोस्रो तरिका भनेको प्रशस्त पानी पिउनु हो। तातो पानी धेरै पिउन सकिँदैन, तर सामान्य पानी पिउन सहज हुन्छ। यदि तपाईं पर्याप्त पानी पिउनु हुन्छ भने, तपाईंको शरीरमा भाइरस हुर्कन सक्दैन। विशेषज्ञहरु नै के मान्न थालेका छन् भने, बेसार मिसाएको दुध पिउनाले कोरोना भाइरस मर्छ। दैनिक रुपमा बेसार मिसाएको दूध पिउनलाई नै विशेषज्ञहरुले सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस