नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, १६ : ३८
नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा मोरङका ४५ वर्षीय दुई पुरुष, सर्लाहीकी ६५ वर्षीय महिला, धनुषाकी 
७२ वर्षीय महिला, सप्तरीका ४२ वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६५ पुगेको छ ।