काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी रहेका थिए । काठमाडौंमा भएको प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापालगायत सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, सुरक्षा प्रमुख लगायत उच्च पदस्थहरु रहेको खुलेको छ । बैठमा मन्त्री यादवले प्रदेश २ को नेतृत्व गरेका थिए । बैठकपछि उनले अरु उच्च पदस्थहरुलाई पनि भेटेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अनुसार संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति सम्भावित संक्रमित हुन् र उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोही मानिस समूहमा बैठकमा बस्छ र उसलाई संक्रमण पुष्टि हुन्छ भने त्यो बैठकमा सहभागी सबै ‘क्लोज कन्टयाक्ट’ अन्तर्गत पर्दछन् । र, बैठकमा सहभागी सबैको परीक्षण गर्नुपर्छ । ‘उहाँहरु क्लोज कन्ट्याक्टमा पर्नुहुन्छ, उहाँहरुको कन्ट्याक ट्रेसिङको काम हाम्रो टिमले सुरु गरिसक्यो’ डा। पाण्डेले भने, ‘हामी कन्ट्याक ट्रेसिङमा पर्ने कसैको पनि टेस्ट गर्न छोड्दैनौं ।’
मन्त्री यादवले साउन १९ गते स्वाब दिएका थिए । उनीसँगै चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको सचिवालयमा रहेकाहरुको गत शनिबार परीक्षण गरिएको बताएका छन् । बालुवाटारमा भएका सुरक्षाकर्मी र प्रधानन्त्रीको सल्लाहकारको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ साउन २०७७, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै