काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संसद सचिवालय स्रोतका अनुसार मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका पाण्डेको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए ।
प्रदिप यादव सांसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत हुन् । उनलाई यसअघि कोरोना पुष्टि भइसकेको छ ।
यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । पाण्डेमा संक्रमण पुष्टि भए पनि अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।
यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ साउन २०७७, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै