संघर्षको कथा : हजुरलाई नमस्ते

सूर्यप्रकाश कँडेल

विहीबार, २२ साउन २०७७, १२ : ३१
संघर्षको कथा : हजुरलाई नमस्ते

नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरको आत्मकथा हो, हजुरलाई नमस्ते । यस पुस्तकमा उनले काठमाडौँमा गरेको संघर्षको कथा समेटिएको छ ।

२०७३ सालमा विमोचन गरिएको पुस्तकको दोस्रो संस्करण २०७४ सालमा प्रकाशित भएको हो । ३२८ पृष्ठको पुस्तकमा आत्मकथा खण्ड २६६ पृष्ठसम्म छ । २६७ देखि २८८ पृष्ठसम्म शुभकामना र २८९ देखि ३२८ पृष्ठसम्म तस्बिरहरु राखिएका छन् ।

हजुरलाई नमस्ते पुस्तक पढ्दै जाँदा कुँवरले बिताएका संघर्षमय दिनहरु आँखा अगाडि प्रकट हुन्छन् । सरल भाषाशैलीमा लेखिएको पुस्तकलाई घोस्ट राइटिङ प्रा. लि. काठमाडौँले प्रकाशन गरेको हो । पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ ।

चालीसको दशकमा काठमाडौँमा पाइला टेकेका कुँवरको काठमाडौँ बाफलमा हजुरलाई नमस्ते ट्रेड लिंक प्रा. लि. छ । यहाँबाट आइटीआर ब्राण्डको स्पेयर पार्टस् र लुब्रिकेन्ट बिक्री गरिन्छ । यो कम्पनी नेपालका लागि आइटीआर ब्राण्डका उत्पादनको आधिकारिक बिक्रेता हो ।

प्रतिक्रिया दिनुहोस