कोरोना संक्रमणबाट वीरगन्जमा थप एक युवतीको निधन, कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, ०८ : ३८
कोरोना संक्रमणबाट वीरगन्जमा थप एक युवतीको निधन, कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

वीरगञ्ज । कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा कोरोना संक्रमणकै कारण एक १८ वर्षिय युवतीको मृत्यु भएको छ । 

उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउँदा गर्दा युवतीको बाटैमा मृत्यु भएको थियो । उनी पर्सा–९ बर्वा टोल निवासी हुन् । युवतीलाई पटक वान्ता भएपछि नेशनल मेडिकल कलेज उपचारको लागि ल्याउदै गर्दा मृत्यु भएको हो । 

मृत्यु भएपछि गरिएको स्वाब परिक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो । मंगलबार राति ती युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्थायी कोरोना अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए । योसँगै नेपालमा कोरोना  संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस