थप ३५८ जना कोरोना संक्रमित घर फर्किए, निको हुनेको संख्या १४ हजार ९६१ पुग्यो

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १६ : ३८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।