‘प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त, स्वास्थ्यमन्त्रीले गज्जबको काम गरेँ भन्दै भजन गाउँन मस्त’ : गगन थापा

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, १० : ११
‘प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त, स्वास्थ्यमन्त्रीले गज्जबको काम गरेँ भन्दै भजन गाउँन मस्त’ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । 

थापाले (आज) शुक्रबार ट्वीटरमा ट्वीट गर्दै सरकारको काम प्रति रोष व्यक्त गर्दै भनेका छन्–‘प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त, स्वास्थ्यमन्त्रीले गज्जबको काम गरेँ भन्दै भजन गाउँन मस्त । भन्दै पछिल्लो केही समय यता ह्वात्तै संक्रमण बढिरहेको कारोना नियन्त्रणमा सरकारले प्रभावकारी भुमिका नखेलेको भन्दै सरकारको आलोचना गरेका हुन् । 

उनले अगाडी थपेका छन्–‘भुसको आगोझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ।बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ(सरकार अब अति भो’ ।

प्रतिक्रिया दिनुहोस