बीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ५१ पुग्यो

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, १८ : ५९

पर्सा । पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो । उनी पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।

उपचारका क्रममा उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै बुधबार विहान मृत्यु भयो । बुधबार साँझ पोजेटिभ रिपोर्ट आएको छ । 

यससँगै मृतकको संख्या ५१ पुगेको छ ।