काठमाडौं उपत्याकामा थप १५ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

बुधबार, १४ साउन २०७७, १६ : ४३
काठमाडौं उपत्याकामा थप १५ जनामा कोरोना पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्याकामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्याकाका १५ सहित देशभर २१०  जनामा संक्रमण पुष्टि भएको
जानकारी गराएका हुन् । 

उपत्यकाका संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना छन् ।