काठमाडौंमा १५ किलो सुन र दुई थान पेस्तोल बरामद

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, ११ : ५८
काठमाडौंमा १५ किलो सुन र दुई थान पेस्तोल बरामद

काठमाडौँ । काठमाडौंको कमलादीबाट प्रहरीले १५ किलो सुनसंगै २ थान हतियार बरामद गरेको छ । गाडीमा आएका एक व्यक्तिले झोला फ्याँकेर भागेपछि प्रहरीले खानतलासी गर्दा १५ किलो सुन र २ वटा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

गाडीमा भागेका व्यक्ति पहिचान भईसकेको र फरार व्यक्तिको खोजीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली खटिएको छ ।

सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको प्रहरीको भनाई छ । यसै बिषयमा प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।