कर्णालीमा ८ बालबालिकासहित ३१ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, १६ : ००
कर्णालीमा ८ बालबालिकासहित ३१ जनामा कोरोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस कोभिड–१९ का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमित २८ जना दैलेख, दुईजना सल्यनका र एकजना सुर्खेतका हुन् ।

प्रतिक्रिया दिनुहोस