सरिता गिरीको कारबाहीपछि लीलादेवी सांसद

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, १४ : ५७
सरिता गिरीको कारबाहीपछि लीलादेवी सांसद

काठमाडौँ । समाजवादी पार्टीबाट लीलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन् । समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेपछि लीलादेवीलाई सांसद बनाएको छ । 

समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको हो। सिटौलालाई सांसदको रुपमा प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गराउने तयारी भइरहेको छ । 

नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्न पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस