पहिरोले बुटवल–तानसेन सडकखण्ड अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, ०९ : ५९
पहिरोले बुटवल–तानसेन सडकखण्ड अवरुद्ध

फाइल फोटो

बुटवल । अविरल वर्षाका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक अवरुद्ध बनेको छ ।  सडकखण्डको सिद्धबाबा क्षेत्रमा परेको वर्षाले तीन ठाउँमा पहिरो गएकोले आवतजावत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा क्षेत्रमा झरेको पहिरो हटाउने कार्य जारी शुरु भएपनि सबै हटाउन समय लाग्ने जनाएको छ ।  । सडक अवरुद्ध भएपछि पाल्पाबाट बुटवल आउने र  जाने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस