पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पितृशोक

विहीबार, १७ फागुन २०७४, ११ : ०३
पूर्वउपप्रधानमन्त्री  टोपबहादुर रायमाझीलाई पितृशोक

अर्घाखाँची । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।

रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा गएराति उहाँको आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो । उहाँका श्रीमति, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।(रासस)

प्रतिक्रिया दिनुहोस