‘प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले देश संकट तर्फ उन्मुख’ : डा भट्टराई

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १० : ०१
‘प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले देश संकट तर्फ उन्मुख’ : डा भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री  एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर उन्मुख भएको बताएका छन् । 

शनिबार सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै भट्टराईले यस्तो नेकपाको विवादका बारेमा टिप्पणी गर्दै नेकपा किन अलमलमा परेको भन्दै प्रश्न गरेका छन्। 

उनले ट्वीट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओलीको बेलगाम हर्कतले गर्दा देश संकटमा फसेको छ, कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातीयरधार्मिक द्वेष, राज्यका अंग..., स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए, चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो ? नेकपा किन अलमलमा ? संसदबाटै संकटमोचन किन हुन्न ?'

प्रतिक्रिया दिनुहोस