आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, ०८ : २०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभरको मौसम  आंशिकदेखि सामान्य बदलीसंगै केही स्थानमा वर्षा हुने जनाएको छ । देशभर हाल मनसुनी वायु को प्रभाव रहेको छ । यस्तै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको मौसमले बताएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएको छन् ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति भने देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा राति भारी वर्षाको समेत हुन सक्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस