म्याग्दी । बाढीपहिरोबाट अति प्रभावित म्याग्दीको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्याउन कठिनाइ भएको छ ।
खराब मौसमका कारण हेलिकप्टरसमेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्याउन नसकिएको हो ।
दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित छन् । ‘सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसला समेतका खाद्यान्न सकिएको खबर छ । सोमबार हेलिकप्टरमा तीन क्विन्टल चामलसहित सामान पठाउने तयारी गरिएकोमा खराब मौसमले सम्भव भएन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको छ ।’ सरकारले खासै पहल नगरे पनि स्थानीय व्यवसायीले हेलिकप्टर उपलब्ध गराएकाले मात्र यसअघि राहत पुर्याउन सकिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० असार २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्धग्रस्त गाजापट्टीमा अमेरिकाले पहिलोपटक सैन्य विमानबाट राहत सामग्री खसाल्यो
हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत
नेपाल—भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत
पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत
आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरले राहत दिने
रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका ५३ जनाकै परिवारलाई राहत वितरण