स्थायित्व, विकास र समाजबादमा पुग्न दुई तिहाइ बहुमतको सरकार आवाश्यक : प्रचण्ड

बुधबार, १६ फागुन २०७४, १७ : ३२
स्थायित्व, विकास र समाजबादमा पुग्न दुई तिहाइ बहुमतको सरकार आवाश्यक : प्रचण्ड

पर्वत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई आर्थिक समृद्धितर्फ लैजान दुई तिहाइ बहुमतको सरकार बनाउने प्रयास भैरहेको बताएका छन् ।

बुधबार पर्वतमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थायित्व, विकास र समाजबादमा पुग्न दुई तिहाइ बहुमतको सरकार आवाश्यक भएकाले त्यस्तो सरकार बनाउन लागि परेको बताएका हुन् ।

फरक प्रशंगमा प्रचण्डले यो निर्वाचनमा महिलाहरु प्रत्यक्षतर्फ कम निर्वाचित भएपनि अबका दिनमा त्यस्तो नहुने प्रतिबद्धता जनाए ।
‘अब समानुपातिकमा कम र प्रत्यक्षतर्फ बढी महिला हुनुपर्छ भन्ने हाम्रो मनसाय छ’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस