ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

बुधबार, १६ फागुन २०७४, १५ : ३१
ट्र्याक्टरको  ठक्करबाट युवकको मृत्यु

उर्लाबारी, मोरङ । मोरङको केराबारी गाउँपालिका–८ स्थित केराबारी–खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको गए राति मृत्यु भएको छ ।

केराबारीबाट खोर्सानेतर्फ आउँदै गरेको को १५ प १०९० नंको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–४ बस्ने २९ वर्षीय किशोर खवासको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका खवासको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २१ वर्षीय विनोद चौधरी र पछाडि सवार २५ वर्षीय ललित चौधरी घाइते हुनुभएको छ ।

उहाँहरुको धरानमै उपचार भइरहेको छ । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायब निरीक्षक मणिकुमार कोइरालाले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस