चितवन । मकवानपुरका कोरोना संक्रमित मिर्गौलाका बिरामीको आज भरतपुर अस्पतालमा डायलासिस सम्पन्न भएको छ । यतिबेला डायलासिस गरिएका कोरोना संक्रमितको भरतपुर अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ ।
यतिबेला भरतपुर अस्पतालमा हेटाँैडा उपमहानगरपालिका–५ का ३३ वर्षीय पुरुषको भरतपुर अस्पतालमा डायलासिस भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कोरोना संक्रमितको आजको डायलासिस पूरा भएको बताए । उनले भने, ‘बिरामीको आजको डायलासिस पूरा भएको छ, तर उनी अझै खतरामुक्त भइसकेको भन्न सकिदैन ।’
भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा सन्तोष गुरुङले कोरोना संक्रमितका डायलासिस भएको जानकारी दिए ।
साउदीबाट फर्किएका उनको तेस्रो पटक भरतपुर अस्पतालमा डायलासिस गरिएको हो । यसअघि असार १८ र १९ गते उनको भरतपुर अस्पतालमा उनको डायलासिस गरिएको थियो । भरतपुर अस्पतालले पहिलो पटक कोरोना संक्रमितको डायलासिस गर्न लागेको हो ।
साउदीमा पनि उनको यसअघि डायलासिस भएको थियो । बुधबार राति १२ बजेबाट डायलासिस कक्ष अन्य बिरामीका लागि बन्द गरिएको थियो । ती बिरामीको डायलासिस गरिएपछि त्यहाँको पूर्णरुपमा निर्मलीकरण गरिसकिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार डायलासिस गर्ने प्राविधिकहरुले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको निर्देशिकालाई पूर्णरुपमा पालना गरी उच्च सतर्कताका साथ काम गरिएको थियो । हाल अस्पतालमा हरेक साता, सातामा दुई पटक र महिनाको एक पटक डायलासिस गर्ने १०६ जना बिरामी रहेका छन् । उनले अस्पतालमा उपचार गर्न आउने सङ्क्रमितलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम भएको बताए ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा ३७ जना कोरोना सङ्क्रमितले उपचार गराइ रहेका छन् । यसै अस्पतालमा ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अस्पतालमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा एक जना भरतपुर ११ का स्थानीय हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०७७, १४ : २७
लेखकबाट थप