आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, १२ : ०६
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मुल्य तोलामा ९४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।