नेकपाका शिर्ष नेताहरु राष्ट्रपति निवासमा

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, ११ : ३१
नेकपाका शिर्ष नेताहरु राष्ट्रपति निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई र राष्ट्रपतिलाई अविस्वास र महाभियोग लगाएर हटाउन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टीकरण लिन नेकपाका ३ शीर्ष नेता शीतलनिवास पुगेका छन् । 

आइतबार बिहान अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् । 

शनिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरुलाई बालुवाटार बोलाएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै अब पार्टी एक रहन नसक्ने सम्भावना रहेको बताएका थिए । त्यस क्रममा उनले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस