बिक्रम पाण्डेजी तपाईंले व्यापार गर्नुस् : मातृका यादव

मंगलबार, ०५ मंसिर २०७४, २१ : २१
बिक्रम पाण्डेजी तपाईंले व्यापार गर्नुस् : मातृका यादव

भरतपुर । माआबादी केन्द्रका नेता मातृका प्रसाद यादवले अब बन्ने बाम सरकारले उत्पिडित मधेशी र पहाडीलाई एकताबद्ध गराउने बताउनुभयो ।

बामगठबन्धनको भरतपुरमा चुनाबी सभामा बोल्दै उहाँले देश परिवर्तनमा पहाडी र मधेशीको रगत र पसिना बगेकोले सबै एकै ठाउँमा गोलबद्व हुनु पर्नेमा जोड दिनुभयो ।  उत्पिडित मधेसी र उत्पिडित मधेशी मिल्नुको विकल्प नरहेको औल्याउनुभयो । समाजबादको आधारसिलाले उपेक्षितलाई एकताबद्ध गर्ने उहाँको भनाई छ । मधेशवादी दलका नेताले मधेश पहाडीले नलुटोस् भन्ने चाहान्छन । मधेशी शोषकले मधेशलाई लुटोस भन्ने पक्षमा उनीहरु रहेको आरोप लगाउनुभयो ।

उहाले भन्नुभयो अब देश कसैले नलुटोस् पाहाडी र मधेशीको एकता होस भन्ने पक्षमा बामगठबन्धन रहेको उल्लेख गर्नुभयो । वन मन्त्री तथा तितवन क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार बिक्रम पाण्डेलाई व्यापार गर्न र ठेक्का पट्टा गर्न आग्रह गर्नुभयो । बरु समाजबादको आउने फलको तपाईं पनि स्वाद चाख्न आउने कि भनी प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस