‘कोरोना भित्रियो भन्दा मेरो आलोचना भयो’ : पर्यटन मन्त्री भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, १२ : २३
‘कोरोना भित्रियो भन्दा मेरो आलोचना भयो’ : पर्यटन मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोना भित्रँदा आफ्नो आलोचना भएको भन्दै गुनासो गरेका छन् । 

‘जम्मा दुईवटा कि तीन वटा केश प्लेन चढेर नेपाल के आएको थियो सारा मिडियामा, सोसल मिडियामा कोरोना ल्याउनेचाहिँ पर्यटनमन्त्री, पर्यटन मन्त्रालय । मेरो नामै कोरोनामन्त्री भयो सुरुमा’, उनले भने, ‘आज १५ हजारजति कोरोना पुगिसकेको छ । कहाँबाट आयो त त्यो प्लेन चढेर आयो रु प्लेन चढेर त आएन त्यो अन्यत्रबाट आयो ।

तर सुरुमा मेरो नाम नै त्यस्तो बनाइदिए ।  शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरुमा कोरोना फैलिएजस्तै अहिले पर्यटन क्षेत्र खुला गर्ने सन्दर्भमा पनि होसियारी अपनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस