गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, १० : ५१
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । भरतपुर अस्पताल चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ३२ जनामा कोरोना पोजिटिभ देखिएको हो । 

नयाँ संक्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १९ जना, तनहुँका ९, पर्वतका ३ र बागलुङका १ जना रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्माले जानकारी दिए ।  संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी गरिएको उनले बताए ।  योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस