सिरिया आक्रमणको बिरोधमा नेपालमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयमा धर्ना

मंगलबार, १५ फागुन २०७४, १७ : ४०
सिरिया आक्रमणको बिरोधमा नेपालमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयमा धर्ना

काठमाडौं । सिरियामा बहुराष्ट्रिय सेनाले निर्दोष जनतामाथि चरम दमन गरेको भन्दै मंगलबार नेपालमा बिरोध प्रदर्शन भएको छ ।
विभिन्न मानवअधिकारबादी संस्थाले नेपालमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय ललितपुरको पुल्चोकमा पुगेर धर्ना दिदै बिरोध जनाएका हुन् ।
सिरियामा भएको बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न माग गर्दै मानवअधिकारकर्मिहरुले बार्ताको लागि मार्ग प्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह पनि गरेका छन् । धर्नासँगै मानव अधिकारकर्मीहरुले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशलाई सिरियाली जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय मार्फत ज्ञापन पत्र समेत पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस