पुनर्गठित अखिल क्रान्तिकारीले बोलायो भेला

मंगलबार, १५ फागुन २०७४, १६ : ०२
पुनर्गठित अखिल क्रान्तिकारीले बोलायो भेला

काठमाडौं । एमालेसँग एकताका लागि सात बुँदे सहमति भएपछि असन्तुष्ट माओवादी केन्द्रका नेता कार्यकर्ता संगठित हुन थालेका छन् । यही क्रममा भोलि अखिल क्रान्तिकारीको पुनगर्ठनका लागि भन्दै भेला आयोजना गरिएको छ ।

पुनर्गठित अखिल क्रान्तिकारीका केन्द्रीय संयोजक आलोक रायमाझीले भोलि काठमाडौंमा भेला आयोजना गरिएको बताए ।

यो भेलामा माओवादी गोपाल किराती र लोकेन्द्र विष्टका साथै मोहन वैद्य पनि अथितिका रुपमा सहभागी हुने उनले बताए । किरातीले ७ बुँदे सहमति लगत्तै आफ्नो नेतृत्वमा माओवादी केन्द्रलाई निरन्तरता दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस