सुर्खेतमा ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु, दुई घाइते

मंगलबार, १५ फागुन २०७४, १५ : ४२
सुर्खेतमा ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु, दुई घाइते

सुर्खेत । मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशिराम विक र नारायण खत्री रहेको जिल्ला प्रहरी सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस