यस्तो रह्यो एकता कार्यदल बैठकको निर्णय

मंगलबार, १५ फागुन २०७४, १५ : २१
यस्तो रह्यो एकता कार्यदल बैठकको निर्णय

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्नका लागि बनेको संगठन तथा विधान मस्यौदा कार्यदलको बैठकले २ उपसमिति बनाएको छ ।  
मंगलबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यदलको बैठकले विधान खाका तयार गर्न र जनवर्गीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव तयार गर्न दुई उपसमिति बनाएको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

विधान खाका तयार गर्न  वर्षमान पुन र वेदुराम भुसाललाई जिम्मा  दिइएको छ  भने  जनवर्गाीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव गर्न गिरीराजमणि पोखरेल र  गोकर्ण विष्टलाई दिइएको छ । दुबै उपसमितिले २२ गतेको कार्यदलको बैठकमा आफ्नो प्रतिवेदन बुझाउने छ ।

गत फागुन ८ गते दुई दलबीच  एकीकरणका लागि ७ बुँदे प्रारम्भिक आधार तय भएपछि  संगठनात्मक तथा विधान मस्यौदा कार्यदल  र प्रतिवेदन कार्यदल गठन गरिएको थियो ।
संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन्  भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।   संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाएर फागुन २५ भित्र शीर्ष तहमा  बुझाउनु पर्नेछ  ।
यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलले पनि आफ्नो कार्य गरिरहेको छ । उक्त कार्यदलमा  एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट  नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस