कांग्रेसले देश विकास गर्दैन : पुर्व प्रधानमन्त्री नेपाल

मंगलबार, ०५ मंसिर २०७४, २० : ०७
कांग्रेसले देश विकास गर्दैन : पुर्व प्रधानमन्त्री नेपाल


भरतपुर ।  कांग्रेसले लामो समय देशको नेतृत्व सम्हालेको भए पनि देशको  विकास नगरेको नेकपा एमालेका वरिष्ठ नेता एव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले बताउनुभयो ।

कांग्रेसले २०१५,४८,५६ सालमा बहुमत सहित सरकारको नेतृत्व गरे पनि देश बिकास नगरि भष्टचार मात्र गरेको आरोप लगाउनुभयो । एक पटक होईन ३ पटक बहुमत सहितको सरकार बन्दा केही नगर्नेले अब केही गर्न नसक्ने दाबी समेत गर्नुभयो । संयुक्त बाम गठबन्धको श्रद्धाञ्जलि सभा तथा बृहत् जनसभालाई सम्बोधन गर्दै उहाँले अबको प्रतिनिधि तथा प्रदेश सभाको निवार्चनमा बामपंथीहरुको दुई तिहाई मत ल्याएर यो मुलुकलाई स्थायित्व दिनुपर्नेमा जोड दिनुभयो । स्थानीय निर्वाचनमा बामपंथीहरुको ६१५ मत आएको भन्दै उहाँले यस निर्वाचनमा दुई तिहाइ ल्याई देशलाई राजनीतिक क्रान्तिको नयाँ यात्रामा लम्कनु पर्ने उल्लेख गर्नुभयो ।

उहाँले विगतमा देश रुपान्तरणको लागि युद्धहरु भएका थिए त्यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संकत गर्दै उहाले जुन व्यक्तिसग जनयुद्ध गर्ने क्षमता छ त्यसले देशको कति विकास गर्छ होला कल्पना गर्नुस भनी प्रश्न गर्नुभयो । चितवनले जे फैसाला गर्छ देशले त्यही फैसला गर्छ चितवनका जनताले सहि निणर्य गर्छ भन्नेमा आफु विस्वस्त रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस