मदन भण्डारीको जन्म जयन्ती आज : विविध कार्यक्रम गरी मनाइँदै

सफल खबर संवाददाता

आइतबार, १४ असार २०७७, ०९ : ३४
मदन भण्डारीको जन्म जयन्ती आज : विविध कार्यक्रम गरी मनाइँदै

file photo

काठमाडौं । तत्कालिन एमालेका महासचिव मदन भण्डारीको आज ६९ औं जन्म जयन्ती । २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँधुमा आमा चन्द्रकला र बुवा देवीप्रसादका माइला छोरा मोतीराज भण्डारीको रुपमा मदन भण्डारीको जन्म भएको थियो । 

एमालेले अंगीकार गर्दै आईरहेको जनताको वहुदलीय जनवादको सुत्रधार उनी, नेकपाका नेताहरुले आज विभिन्न कार्यक्रम गरी उनको जन्म जयन्ती मनाउँदैछन् । भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मदन भण्डारी फाउन्डेसनले जनाएको छ ।

पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी मदन जयन्ती मनाउँदैछन् । उनको पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा वि.संं २०५० जेठ ३ गते दासढुङ्गामा भएको गाडी दुर्घटनामा ततकालिन एमालेका संगठन विभागका प्रमुख जीवराज आश्रितसंगै निधन भएको थियो ।

अहिले भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद र तत्कालिन माओवादीले अगाडी सारेको एक्काइशौं शताब्दीको जनवाद दुवै महाधिवशेन सम्मका लागि स्थगित गरिएको छ । नेकपाले जनताको जनवादलाई अहिले तत्कालिन राजनीतिक कार्यक्रम बनाएको छ ।  

भण्डारीकै छोरी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले हरेक वर्ष मदन जयन्तीमा कुनै न कुनै कार्यक्रम गरि मनाउदै आएको थियो । यस पटक विश्वमा फैलिएको महामारीबाट ‘आफु पनि बँचौ र अरुलाई पनि बचाऔं’ भन्ने उदेश्यले कोभिड–१९ का कारण फरक ढंगले जन्मजयन्ती मनाउने योजना बनाएको फाउन्डेशनले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस