चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ । कैलालीका ५० वर्षीय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
पौडेलका अनुसार संक्रमित व्यक्ति असार ११ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट ग्रसित उनीमा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।गम्भीर अवस्थामा भर्ना गरिएका उनको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असार २०७७, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी