जंगली हात्तीले घर भत्काएका परिवारलाई राहत

मंगलबार, १५ फागुन २०७४, ०९ : १८
जंगली हात्तीले घर भत्काएका परिवारलाई राहत

कञ्चनपुर । जंगली हात्तीको झुण्डले घर भत्काई विचल्लीमा पारेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीले सोमबार राहत सामग्री वितरण गरेको छ ।

हात्तीले घर भत्काई अन्न खाएर नोक्सानी गरेका ४१ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । पीडित परिवारलाई छानाका लागि त्रिपाल तथा खाना पकाउन आवश्यक भाँडाकँुडालगायतका सामग्री वितरण गरिएको रेडक्रस उपशाखा झलारीका सभापति गणेश जोशीले बताउनुभयो ।

राहत सामग्री वितरण गर्दै नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले विचल्लीमा परेका परिवारलाई रेडक्रसले सहयोग गरेर गुन लगाएको बताउनुभयो । यसअघि तारापुर शिविरमा बस्दै आएका विस्थापित हात्तीपीडित परिवारलाई समेत रेडक्रसले राहत सामग्री वितरण गरेको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस