ओम डेभलपमेन्ट बैंक लि. को शाखा लमहीमा

मंगलबार, १५ फागुन २०७४, ०७ : ३३
ओम डेभलपमेन्ट बैंक लि. को शाखा लमहीमा

ओम डेभलपमेन्ट बैंक लि.ले दाङको लमहीमा शाखाको बिधिवत उद्घाटन गरेको छ । प्रमुख अतिथी लमही नगरपालिकाका मेयर कुल बहादुर के.सि.ज्यूले देउखुरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धि घोषणा गर्दै शाखाको समुद्घाटन गर्नुभएको थियो ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गराउनु भएको थियो । बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ३१ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ ।

बैंकले शेयरधनीहरुलाई १७.६९ प्रतिशत लाभांश लगायत बितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भईसकेको छ भने बैंकको फाल्गुन २५ गते शुक्रबार, पोखरामा हुने बार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि बितरण हुनेछ । हालसालै बैंकले जर्मनीको केएफडब्लु बैंकसंग साना तथा मझौला कर्जा अन्तर्गत २ लाख देखी ४० लाखसम्मको कर्जा लगानी गर्नको लागी सम्भौता गरी कर्जा लगानी शुरु गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताउनुभयो  ।

 

प्रतिक्रिया दिनुहोस