मेडान, इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा द्वीपमा भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको वेपत्ता भएका सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
अत्यन्त खराब मौसमको कारण उनीहरुको खोजी कार्य पनि कठिन भएको बताइएको छ । सो द्वीपको उत्तरपश्चिम तटीय क्षेत्रमा खराव मौसम र उच्च वेगमा आएको हावाको कारण सो दुर्घटना भएको बताइएको छ ।
स्थानीय खोजी तथा उद्धार निकायका अधिकारी बेङटेङ टेलाम्बुआनाले उद्धारकार्य प्रभावकारी नभएको एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ । यसअघि पनि १६ जना माझी रहेका एक डुङ्गा दुर्घटनामा भएको थियो । नौ जनाको जिवितै उद्धार गरिएको थियो भने सात अझै बेपत्ता रहेका छन् ।
करिब १७ हजार द्वीपहरु रुहेका यस देशमा यहाँ डुङ्गा नैे एक प्रमुख सवारी सधान भएकोले बारम्बार डुङ्गा दुर्घटना भएको पनि पाइन्छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ असार २०७७, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना
नवलपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, अरु ३ जना घाइते
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते
सवारी दुर्घटना : ६ महिनामा एक हजार २३३ जनाको मृत्यु
आफैँले चलाएको ट्याक्टर दुर्घटनामा घाइते भएका वडा सदस्यको निधन