पदभार ग्रहण गरेलगत्तै रक्षामन्त्री पोख्रेलद्वारा दुई देशका सेनाबीचको महत्वपूर्ण फाइल स्वीकृत

सोमबार, १४ फागुन २०७४, १९ : १८
पदभार ग्रहण गरेलगत्तै रक्षामन्त्री पोख्रेलद्वारा दुई देशका सेनाबीचको महत्वपूर्ण फाइल स्वीकृत

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन् ।  सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा आज पदबहाली गर्दा उनले पहिलो सो निर्णय गरेका हुन् ।
रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसीलगायतले स्वागत गरेका थिए  । सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिएका थिए । मन्त्री पोखरेलसँग उद्योग र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ ।
रक्षामन्त्री पोखरेल नेकपा एमालेका महासचिव एवं काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । रासस

प्रतिक्रिया दिनुहोस