रेशम चौधरीलाई थुनामा राख्न आदेश

सोमबार, १४ फागुन २०७४, १८ : ३६
रेशम चौधरीलाई थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो ।
टीकापुर घटनाका आरोपी चौधरीले सोमबार अदालतमा आत्मसमर्पण गरेका थिए ।
अदालतको आदेशपछि चौधरीले अदालतले पूर्वाग्राही फैसला गरे पनि आफूले त्यसको सम्मान गर्ने प्रतिक्रिया दिए । अन्त्यमा आफूले न्याय पाउने उनको विश्वास छ ।
चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले अहिलेसम्म जितको प्रमाणपत्रसमेत बुझेका छैनन् ।

प्रतिक्रिया दिनुहोस