थपिए चार मन्त्री : पोखरेल रक्षा, खतिवडा अर्थ, थापा गृह र यादव बने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

सोमबार, १४ फागुन २०७४, १६ : ५३
थपिए चार मन्त्री  : पोखरेल रक्षा, खतिवडा अर्थ, थापा गृह र यादव बने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रका दुई र एमालेका दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएपछि ओली नेतृत्वको सरकार सात सदस्यीय बनेको छ । तर सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने देखिएको छ ।

विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल र डा।युवराज खतिवडा छन् भने माओवादीबाट रामबहादुर थापा र मात्रिका यादव छन् । थपिएका चारैजनाले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।

सोमबार एमालेबाट थपिएकामध्ये पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा पूर्व गर्भनर डा।युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै माओवादीबाट सोमबार मन्त्री बनेका माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादीकै मातृका यादवले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस