एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबिच सीमालाई लिएर पछिल्लो समय भइरहेको तनावमा आफूले ध्यान दिएसंगै सहयोग पनि गर्ने बताएका छन् । भारत र चीन दुवैसँग यो विषयलाई लिएर अमेरिकाले कुराकानी गरिरहेको उनले बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘अहिलेको अवस्था अति कठीन छ । हामीले भारतसँग कुरा गरिरहेका छौँ । चीनसँग पनि कुरा भइरहेको छ । यी दुई देशबिच हाल ठूलो समस्या छ । दुवै देश आमनेसामने भएका छन् । अगडि के हुन्छ त्यसमा हाम्रो नजर छ । हामीले अहिलेको परिस्थितिमा सहयोग गर्ने प्रयास गरिरहेका छौँ ।’
गएको सोमबार राति पूर्वी लद्दाखसँग सीमा जोडिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च कमाण्डरसहित २० सैनिकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ असार २०७७, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार