काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी र्याली गर्न अदालतले मार्ग प्रशस्त गरिदिएको छ । कोरोना महामारीकाबीच ट्रम्पले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी र्याली गर्न लाग्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै उक्त र्याली रोक्न मागसहित अदालतमा मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा सर्वोच्च अदालतले ट्रम्पका पक्षमा फैसला सुनाएको हो । अदालतको उक्त फैसलासँगै कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा रहेको ओक्लोहोमामा ट्रम्पले चुनावी र्याली गर्ने भएका छन् ।
आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि ट्रम्पले मार्च यता पहिलोपटक र्याली गर्न लागेका हुन् । ट्रम्पले आफ्नो चुनावी र्याली संक्रमण बढ्दो क्रममा रहेको आफ्नो क्षेत्रमा आयोजना गरेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ असार २०७७, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार